Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यति नजानी र यी कुरामा ध्यान नदिने हो भने लोकसेवा तयारी गर्नुको अर्थै छैन, के हुन् जान्नै पर्ने कुरा 

यति नजानी र यी कुरामा ध्यान नदिने हो भने लोकसेवा तयारी गर्नुको अर्थै छैन, के हुन् जान्नै पर्ने कुरा 


  • 12.3K
    Shares

    यति नजानी र यी कुरामा ध्यान नदिने हो भने लोकसेवा तयारी गर्नुको अर्थै छैन, के हुन् जान्नै पर्ने कुरा 
    images

    लोक सेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन । तर जे कुरामा ध्यान दिनुपर्ने हो, ती कुरालाई चाँही धेरै गम्भिर रुपमा ध्यान दिनुपर्छ । अहिले बजारमा धेरै पढ्ने, आत्तिएर पढ्ने, भेटेजति सबै पढ्ने भन्ने अन्यौल हुने गरेको छ ।

    यस्तो पढाइले विद्यार्थीलाई सफलता दिदैन । परिक्षाको तयारी गर्नुपूर्व विद्यार्थीले म कुन सेवा समूहमा परिक्षा दिदैछु भन्ने स्पष्ट हुनुपर्छ । त्यसपछि लोकसेवा आयोगले प्रकाशन गरेको सेलेवस लिनुपर्छ र त्यसलाई राम्रोसँग अध्ययन गरेर त्यस अनुसारको सन्दर्भ पुस्तकहरु कलेक्सन गर्नुपर्छ ।

    लोकसेवालाई लक्षित गरेर बजारमा धेरै खालका किताव, गाइडहरु निस्किएका हुन्छन्, त्यो किताबबाट टाढा रहेर पढ्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।


    लोकसेवा आयोगको अधिकृतका तयारीमा रहेको व्यक्तिले पढ्नुपर्ने विषयहरु

    – नेपालको संविधान पढ्नुपर्छ । संविधानका निर्देशक सिद्धान्तहरु, संविधानले राज्यलाई दिएको निर्देशन, मौलिक हक, संबैधानिक निकायहरु, राज्यको आर्थिक कार्यप्रणाली लगायत कुराहरुलाई एकदमै क्रिटिकल भएर अध्ययन गर्नुपर्छ । शब्दले के भन्न खोजेको छ, व्यवहारमा के छ भन्ने कुराहरु उसले पढ्नुपर्छ ।

    – आवधिक योजना अर्थात अहिलेका लागि १४ औँ योजनालाई निकै महेनत गरेर पढ्नुपर्छ ।

    – निजामति सेवा ऐन । निजामति सेवा ऐनले समग्र निजामति प्रशासनलाई दिशानिर्देश गर्ने भएकाले उक्त ऐन, नियमावलीहरुलाई मशिनो गरि पढ्नुपर्छ ।

    – त्यसपछि चालु बर्षको बजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु गहन रुपमा अध्ययन गर्नुपर्छ । यससँगै नेपालको दिगो विकासको लक्ष्यलाई पनि राम्रोसँग पढ्नुपर्छ ।

    – उल्लेखित विषयहरु पढ्दा हल्का रुपमा नभए हरेक शब्दको आशय र व्यवहारमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने गरि पढ्नुपर्छ ।

    – त्यसपछि पाठ्यक्रममा भए अनुसारको विषयवस्तुको सन्दर्भ सामाग्री कलेक्सन गर्नुपर्छ ।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १३:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij