Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वीरगन्जमा हिन्दुवादी सङ्गठनहरूले पक्राउ व्यक्तिहरूको रिहाइ माग गर्दै बिहानैदेखि प्रदर्शन सुरु

वीरगन्जमा हिन्दुवादी सङ्गठनहरूले पक्राउ व्यक्तिहरूको रिहाइ माग गर्दै बिहानैदेखि प्रदर्शन सुरु


  • 1.2K
    Shares

    वीरगन्जमा  हिन्दुवादी सङ्गठनहरूले  पक्राउ व्यक्तिहरूको  रिहाइ माग गर्दै  बिहानैदेखि प्रदर्शन सुरु

    काठमाडौं । वीरगन्जमा आफ्नो समुदायको व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि प्रदर्शन सुरु गरेको छ । महानगरको विभिन्न ठाउँमा टायर बालेर हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन गरिरहेको छ । 

    बिहानैदेखि सुरु गरिएको प्रदर्शनको कारण बजारमा पसलहरू तथा यातायात सवारी साधनहरू प्रभावित भएको छ।

    पर्सा प्रहरीले हनुमान जयन्तीको अवसरमा निकालिएको जुलुसमा धार्मिक सद्भाव बिथोलेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । सिसिटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओको विश्लेषणको आधारमा प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन् । 

    पक्राउ परे लगत्तै हिन्दुवादी सङ्गठनहरू विरोध जनाउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ११ बजेदेखि छलफलको लागि बोलाएको छ । 

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - ०९:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij