Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अमेरिका जानका लागि मात्रै विवाह गरेको आरोपबारे के भन्छन् पति युवराज?

अमेरिका जानका लागि मात्रै विवाह गरेको आरोपबारे के भन्छन् पति युवराज?


  • 6.0K
    Shares

    अमेरिका जानका लागि मात्रै विवाह गरेको आरोपबारे के भन्छन् पति युवराज?

    विराटनगर । अमेरिका निवासी अभिनेत्री अरुणिमा लम्सालले नेपालमा आएर श्रीमान युवराज श्रेष्ठविरुद्ध डिभार्सको मुद्दा हाल्नुका साथै मिडियाबाजी पनि गरिरहेकी छन् । युवराजले भने अहिलेसम्म मुख खोलेका छैनन् ।

    गत भदौमा विवाह गरेको यो जोडीबीच केही महिनाभित्रै खटपटको समाचारहरु आएका थिए । तर, दुवै जनाले कुनै प्रतिक्रिया नदिइ बसेका थिए । अहिले भने अरुणिमाले विभिन्न मिडियामा अन्तरवार्ता दिँदै श्रीमानमाथि लान्छना लगाइरहेकी छन् ।

    युवराजले अमेरिका जानका लागि मात्रै आफूसँग विवाह गरेको उनको आरोप छ । यस्तै, आफ्नो पढाइ, पार्टीभित्रको ओहदा, केटी साथी, सम्पत्ति लगायतका कुराहरु ढाँटेको उनले बताएकी छन् । अरुणिमाका आरोपबारे उनी बोल्न चाहेनन् ।

    बल्लतल्ल फोन सम्पर्कमा आएका श्रेष्ठले भने, ‘अहिले म केही पनि भन्दिनँ । समय आएपछि मिडियामा आउने नै छु ।’

    तपाईँले डिभोर्स गर्न मान्नु भएन भन्ने उहाँको (अरुणिमाको) आरोप छ नि भन्ने जिज्ञासामा उनले भने, ‘अहिले म केही भन्ने पक्षमा छैन । त्यो बिषय कोर्टमा गएको छ । कोर्टको प्रक्रिया नटुङ्गिकन के भन्नु ?’

    एकतर्फी मात्रै कुरा आएको छ, तपाईंको चाहिँ कुरा के हो ? भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘पछि मेरो मात्रै कुरा आउला नि त ।’

    सुनसरीको वराहक्षेत्र घर भएका श्रेष्ठ नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिका उपसभापति हुन् । उनी जिल्लामा सामान्य ठेक्कापट्टाको काम पनि गर्छन् ।

    युवराज र अरुणिमाले छोटो चिनजानका आधारमा काठमाडौंको गौशालास्थित राम मन्दिरमा परम्परागत तवरले विवाह गरेका थिए । विवाहमा सुनसरीबाट श्रेष्ठका केही आफन्तहरू गएका थिए । तर, युवराजले अरुणिमालाई सुनसरीमा रहेको आफ्नो मुलघर भित्र्याउन पाएका थिएनन् । वैशाखमा अरुणिमा नेपाल आउने र बुहारीका रुपमा घर भित्रिने योजना थियो । अरुणिमा नेपाल त आइन्, तर घर भित्रिनुको साटो अदालततिर लागिन् । उनको यो कदमले श्रेष्ठ परिवार स्तब्ध छ ।

    वैवाहिक समारोहमा सहभागी भएका श्रेष्ठको परिवारका एक सदस्यले विवाह भएको दुई दिनपछि नै अरुणिमा अमेरिका गएको बताए ।

    नाताले दाजु पर्ने उनले भने, ‘सम्बन्ध राम्रै छ भन्ने सुनेको थिएँ । अहिले एक्कासी डिभोर्सको कुरा समाचारमा आइरहेको छ । के भएको हो हामीलाई थाहा भएन ।’ ती पारिवारिक सदस्यका अनुसार श्रेष्ठले समेत आफूलाई केही थाहा नभएको बताइरहेका छन् ।

    उनले भने, ‘के भएको हो भनेर युवराजलाई सोध्दा मलाई पनि थाहा छैन भन्ने गरेको छ । हामीलाई झगडा परेको थाहा थिएन ।’

    images
    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - ०५:०७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij