२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह पछिल्लो समय कलाकर्ममा लागेकी छन्। गत पाँच महिनादेखि उनी कुची लिएर आफ्नो सिर्जनामा रङ भर्न व्यस्त बनेकी छन्।
नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार उनले आफूले सिर्जना गरेका दुई पेन्टिङ १२ लाख ६० हजार रुपैयाँमा बिक्री गरेकी छन्।
हिमानी ट्रस्टले आइतबार नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा उनले आफ्ना दुई पेन्टिङ ‘आशाका किरण’ र ‘मुजुर’ १२ लाख ६० हजार रुपैयाँमा बिक्री गरेकी हुन्।
५० हजार रुपैयाँ मूल्य तोकिएको ‘मुजुर’को पेन्टिङ ८ लाख रुपैयाँमा बिक्री भएको र ८० हजार रुपैयाँ मूल्य तोकिएको ‘आशाका किरण’ शीर्षकको पेन्टिङ ४ लाख रुपैंयाँ ६० हजार रुपैयाँमा बिक्री भएको हिमानी ट्रस्टले जानकारी दिएको छ।
‘पेन्टिङ बिक्रीबाट आएको रकम समाजसेवामा खर्च गरिनेछ,’ हिमानी ट्रस्टले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij