२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाएको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको थुनुवा, दफा ७३ निवेदनमाथि सुनुवाई गर्दै जिल्लासँग कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
गत माघ २८ गते रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको गरेको थियो ।
सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भने एक करोड रुपैयाँ धरौटीमा छाडिएको थियो ।
चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।
सो आदेशविरुद्ध सर्वोच्चमा थुनुवा दफा ७३ निवदेन दायर भएकोमा गत आइतबार सर्वोच्चले उच्चसँग कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij