Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अदालत

गभर्नर नियुक्तिमा उमेर हद मापदण्ड कार्यान्वयन नलाग्ने सर्वोच्चको अन्तरिम आदेश

गभर्नर नियुक्तिमा उमेर हद मापदण्ड कार्यान्वयन नलाग्ने सर्वोच्चको अन्तरिम आदेश


  • 1.6K
    Shares

    गभर्नर नियुक्तिमा उमेर हद मापदण्ड कार्यान्वयन नलाग्ने सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । गभर्नर नियुक्तिमा उमेर हद हटाउने गरी भएको मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले आइतबार सर्वोच्चमा उमेर हद कायम राख्न माग गर्दै रिट दायर गरेका थिए । 

    उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    चैत १८ गते अर्थ मन्त्रालयले ’अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’  संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो । 

    यसअघि पदाधिकारी र सदस्य नियुक्तिमा ३० देखि ६५ वर्षको उमेर हदको व्यवस्था रहेको थियो ।

    images
    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १७:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij