Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै


  • 1.1K
    Shares

    • images
    नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

    काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो ।

    कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो ।

    ‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने विषयमा वहस, छलफलहरु हुने बताइएको छ ।
    ‘नेक अल्मुनाई मिट’ आयोजनाका लागि कलेजले आर्किटेक्चर पोषण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा इ। अङ्गलाल रोकाया, आ.विश्व शाक्य, इ.उमेश के.सी., इ.प्रेम के.सी., इ.नारायण प्रसाद आचार्य, विष्णु प्रसाद भण्डारी रहेका छन् ।

    नेक सभाहलमा हुने कार्यक्रममा सयौंको संख्यामा पूर्वविद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । कलेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेकोले ‘नेक अल्मुनाई मिट’मा उल्लेखनीय विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ । 

    सन् १९९४ मा स्थापना भएको कलेजमा इन्जियिरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर मापन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । 

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १५:५८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij