Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला

पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला


  • 1.1K
    Shares

    • images
    पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला

    काठमाडौं । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो ।

    गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महानगरले स्वास्थ्यका ५९ जना कर्मचारीलाई हाजिर गराउन रोक लगायो ।

    महानगरको उक्त निर्णयविरुद्ध कर्मचारीहरू सर्वोच्च अदातल पुगे । सर्वोच्चले माघ १३ गते अन्तिम आदेशको टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो । तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीले तालाबन्दी गरेका हुन् ।

    यसैबीच माघ १० गते बसेको नगर सभाबाट संघ, प्रदेश सरकारसँगको साझेदारी तथा अन्य संघ संस्था साझेदारहरुसँगको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रमका लागि भन्दै हटाइएका ३ कर्मचारीलाई महानगरले हाजिर गराएको छ ।

    आन्दोलनरत कर्मचारीले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्न माग गरेका छन् । यस्तै नीति, विधि र प्रक्रियाविपरीत मनोमानी तरिकाले ‘शुभलाभ’ का आधारमा विना प्रतिष्पर्धा नियुक्ति गरिएका ३ जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्न उनीहरूको माग छ ।

     

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १३:५५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij