Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उमानाथ प्रतिष्ठानले भूपति शर्मा पौडेलको १३औं दिनको पुण्य तिथिमा आयोजित शोक सभा

उमानाथ प्रतिष्ठानले भूपति शर्मा पौडेलको १३औं दिनको पुण्य तिथिमा आयोजित शोक सभा


  • 1.2K
    Shares

    • images
    उमानाथ प्रतिष्ठानले भूपति शर्मा पौडेलको १३औं दिनको पुण्य तिथिमा आयोजित शोक सभा

    काठमाडौं ।  उमानाथ प्रतिष्ठानद्वारा आयोजित शोक सभा आयोजन गरिएको छ । पन्च्कुमारी श्रद्धा प्रतिष्ठान , लाखेचौर मार्ग काठमाडौंमा उमानाथ प्रतिष्ठानका संस्थापाक सदस्य, पुर्व अध्यक्ष एवम् वर्तमान संरक्षक सदस्य भूपति शर्मा पौडेल शोक सभा गरिएको हो ।

    पौडेलको ८६ वर्षको उमेरमा २०८१ चैत्र २० मा भएको असामायिक निधन भएको थियो । संस्थाले उनको निधनको  १३औं दिनको पुण्य तिथिमा स्वर्गवासी भूपति शर्मा पौडेलको फोटोमा माल्यार्पण एवम् मौन धारण गरी कार्यक्रमको सुभारम्भ गरिएको हो ।

    शोक मन्तव्य प्रकट गर्ने हरुमा क्रमशस् संस्थाका प्रेसिडेन्ट ईलेक्ट अधिवक्ता दिपेन्द्र पौडेलको अध्यक्षतामा श्रद्धाञ्जली सभाको आयोजनामा संस्थाक अध्यक्ष एवम् नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिका उपसभापति शालिग्राम शर्मा पौडेलले यस संस्थाले स्थापना गरेका असल आमा पुरस्कार , असल बुहारी पुरस्कार , शान्ती शालिग्राम कृषि पर्यटन पुरस्कार , भूपति ज्येष्ठ नागरिक पुरस्कार , दलित पुरस्कार , प्रतिभा पुरस्कार , समेतका पुरस्कारका बारेमा र संस्थाको आचारसंहिता समेतको बारेमा, यसैगरी बाग्लुङ्गमा स्थानीय बिकाश अधिकारी र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बहन गरी काठमाडौँमा बसोबास गर्ने बिष्णु बहादुर थापाले बाग्लुङ्ग जिल्लामा भुपति शर्मा पौडेल र उमानाथ प्रतिष्ठानका गतिबिधिहरुको चर्चा गर्नु भएको थियो ।

    पूर्ण प्रकाश नेपाल यात्री अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष एवम् साहित्कार प्राध्यापक डा। शैलेन्दु प्रकाश नेपालले भूपति शर्मा पौडेलको सामाजिक व्यक्तित्व, यात्री अनुसन्धान केन्द्र र उमानाथ प्रतिष्ठान बीचका अन्तर सम्बन्धको बारेमा चर्चा गर्नु भएको थियो ।

    यसैगरी संस्थाका संस्थापक सदस्य एवम् पुर्व अध्यक्ष तथा संविधान सभाका सदस्य प्रकाश शर्मा पौडेलले भूपति शर्मा पौडेलको २०१५ साल देखिनै राजनीतिमा क्रियाशील रही उहाँको शैक्षिक र सामाजिक व्यक्तित्वको चर्चा गर्नु भएको थियो ।प्रा।डा। भागवत ढकालले उमानाथ प्रतिष्ठानका गतिविधि र भूपति शर्मा पौडेलको पारिवारिक योगदान, उमानाथ स्मारिका २०६९, र उमानाथ प्रतिष्ठानले प्रकाशन गरेका “उनको कथा” ,”शब्द चित्रमा शालिग्राम २०८१” पुस्तकका बारेमा चर्चा गर्नु भएको थियो ।

    संस्थाका संस्थापक सचिव एवम् पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले सम्पूर्ण परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै संस्थाको भूपति जिवकुमारी कोषमा सम्पूर्ण परिवारको तर्फ बाट रु एक लाख थप गर्ने घोषणा गर्दै वार्षिक पुण्य तिथिसम्ममा भूपति जिवकुमारी स्मृति विशेषाङक प्रकाशन गर्ने घोषणा सहित धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष एवम् संस्थाका विशिष्ठ सदस्य तथा आगामी अध्यक्ष अधिवक्ता दिपेन्द्र पौडेलले शोक मन्तव्य सहित सभाको विसर्जन गर्नु भएको थियो । यस कार्यक्रममा भूपति शर्मा पौडेलका परिवारजन, शुभेच्छुक तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रात स्मरणीय उमानाथ उपाध्यायको स्मृतिमा २०४६ सालमा रु १००००्र९ राखी स्थापना भएको यस संस्थामा हाल पन्ध्र लाख अक्षयकोष रहेको छ।

    यस संस्थाको मातहतमा भूपति जिवकुमारी कोषले असल आमा, असल बुहारी, ज्येष्ठ नागरिक पुरस्कार प्रदान गर्ने, शान्ती शालिग्राम कोषबाट  कृषि पर्यटन पुरस्कार , आत्माराम दुर्गा देबी कोषबाट संस्कृति प्रतिभा पुरस्कार र पुर्व प्रधानमन्त्री टंक प्रसाद आचार्य रेवन्त कुमारी शिक्षा विकास कोषबाट दलित छात्रवृत्ति पुरस्कार , हरि बिना गरिब जेहेन्दार कोषहरु समेतबाट वार्षिक करिब एक लाख बिस हजार जति विभिन्न क्षेत्रमा पुरस्कार प्रदान गरी आएको छ । हाल संस्थाका संस्थापकहरु आठ जना, विशिष्ठ सदस्य र आजीवन सदस्य गरी करिब १५० जना सदस्यहरु रहेका छन् ।  

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १३:११:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij