Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अरुणिमाको ८ महिनानी टिकेन दोस्रो बिहे पनि, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा

अरुणिमाको ८ महिनानी टिकेन दोस्रो बिहे पनि, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा


  • 1.3K
    Shares

    • images
    अरुणिमाको ८ महिनानी टिकेन दोस्रो बिहे पनि, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा

    काठमाडौं । मानौँ नेपाली सेलिब्रिटीहरुबीच कसले छिटो डिभोर्स गर्ने भनेर घमासान प्रतिस्पर्धा चलिरहेको छ । गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई बिहे गरेको ९ महिनामै डिभोर्स दिएको घटना सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्साल उनलाई जित्ने गरी कस्सिएकी छन् ।

    अमेरिकामा बस्दै आएकी अरुणिमा केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू अभिनीत फिल्म ‘घरस् बट इन अमेरिका’ को प्रमोसनका लागि आएको भनिए पनि खासमा डिभोर्सका लागि आएको खुलेको छ । उनले श्रीमान् युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा हालिसकेको बताएकी छन् ।

    अमेरिकी नागरिक भइसकेको हुँदा नेपालमा अरुणिमाले सिधै मुद्दा लड्न मिल्दैन । त्यसैले वारेसमार्फत मुद्दा दायर गरेको बताइएको छ । उनले वैवाहिक सम्बन्ध अघि बढ्न नसक्नुमा सबै दोष श्रीमानमाथि खन्याएकी छन् । सुनसरीका कांग्रेस नेता युवराजले विवाह अगाडि धेरै कुराहरू ढाँटेको अरुणिमाको आरोप छ ।

    अरुणिमा र युवराजबीच छोटो समयको चिनजानमा बिहे भएको थियो । गत भदौमा छुट्टी मनाउन नेपाल आएका बेला बेला अरुणिमालाई आफन्तमार्फत युवराजसँग बिहेको प्रस्ताव आएको थियो । केही दिन आपसमा समय बिताएपछि उनीहरूले तत्काल विवाह गर्ने निर्णय लिएका थिए । भदौ ३ गते काठमाडौंको राम मन्दिरमा परम्परागत तवरबाट उनीहरूको विवाह भएको हो ।

    विवाहको केही दिनपछि नै अरुणिमा अमेरिका फर्किइन् । उनी श्रीमानको घरमा भित्रिएकी पनि थिइनन् । युवराजले वैशाखमा श्रीमतीलाई नेपाल बोलाएर घर भित्र्याउने बताइरहेका थिए । तर, बुहारी बनेर भित्रिनै नपाइ अरुणिमाको विवाह टुट्ने संघारमा पुगेको छ ।

    युवराजसँग बिहेपछि उनलाई पनि अमेरिका लैजाने योजना अरुणिमाको थियो । युवराज पनि त्यसका लागि खुसीसाथ तयार थिए । तर, आफू अमेरिका फर्किएको केही दिनदेखि नै युवराजको विषयमा नराम्रो कुराहरू सुन्न थालेको अरुणिमाको भनाइ छ ।

    एक अन्तरवार्तामा उनी भन्छिन्, ‘विवाह अगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो । विवाहपछाडि नराम्रो मात्रै सुनियो । उहाँले सबै कुराहरू ढाँट्नुभएको रहेछ । तर, कहिल्यै पनि आफूले ढाँटेको स्वीकार्नुभएन । यस्तो झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल नै बस्छु भनेर यो निर्णय लिएँ ।’

    उनले श्रीमानसँग केही महिनादेखि नै आफ्नो बोलचाल हुन छोडेको बताएकी छन् । युवराजले भने अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन् । नेपाल आएकी अरुणिमाले श्रीमानलाई भेटेकी पनि छैनन् । बुझिएअनुसार युवराज डिभोर्स नगर्ने पक्षमा छन् । तर, अरुणिमा भने आफ्नो निर्णयबाट पछि हट्ने मुडमा छैनन् ।

    कानूनतः सम्बन्ध विच्छेदका लागि श्रीमान् र श्रीमती दुवै सहमत हुनुपर्छ । तर, यदि श्रीमतीले मुद्दा हालेको अवस्थामा श्रीमानले नचाहे पनि एक वर्षपछि डिभोर्स हुन सक्छ । अरुणिमाले मुद्दा हालेपछि युवराजले पनि अदालतमा गएर हस्ताक्षर गरेको खण्डमा तत्काल सम्बन्ध विच्छेद हुन्छ । तर, यदि उनले त्यसो गर्न चाहेनन् भने पनि एक वर्षपछि स्वतः अदालतले सम्बन्ध विच्छेद गरिदिने कानून व्यवसायी बताउँछन् ।

    अरुणिमाको यो दोस्रो बिहे हो । यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो । उनीहरूबाट एक छोरी छिन् । छोरी जन्मिएपछि अमित र अरुणिमा अमेरिका सेटल भएका थिए । तर, त्यहाँ उनीहरूको वैवाहिक सम्बन्धले निरन्तरता पाउन सकेन । अमेरिका गएको केही समयपछि उनीहरूको सम्बन्ध टुटेको खबर सार्वजनिक भयो । पछि अमितले अर्को विवाह गरे ।

     

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - ११:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij