Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण

प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण


  • 1.5K
    Shares

    प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण

    काठमाडौं ।   नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको जनाएको छ ।

     प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो । 

    प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक प्रचार गरिएको दाबी समेत गरेको छ ।   

    ‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    विद्युत् अवरुद्ध भएका ठाउँमा प्राधिकरणले देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध भएका अधिकांश स्थानहरूमा विद्युत् आपूर्ति भइसकेको पनि उल्लेख गरेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १०:५७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij