Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यसो गर्ने २१ जनालाई ५ वर्ष कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी लोकसेवाले गर्यो कारवाही 

यसो गर्ने २१ जनालाई ५ वर्ष कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी लोकसेवाले गर्यो कारवाही 


  • 11.4K
    Shares

    यसो गर्ने २१ जनालाई ५ वर्ष कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी लोकसेवाले गर्यो कारवाही 

    लोक सेवा आयोगले नेपाल प्रहरी तर्फ प्रहरी जवान(जनपद) पदको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द गरिदिएको छ ।

    आयोगले २०७७ फागुन २२ मा सञ्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा अनियमितता गर्ने परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुको साथै ५ वर्ष आयोगका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

    नक्कली परीक्षार्थी बनी परीक्षा दिने र सक्कली परीक्षार्थी दुबैलाई पाँच वर्षसम्म लोक सेवाबाट सञ्चालन हुने कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गरिएको आयोगले जनाएको छ ।

    यस्तै, उनीहरूलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई सिफारिस गर्ने आयोगले जानकारी दिएको छ ।

    नक्कली परीक्षार्थीले सक्कली परीक्षार्थीको नागरिकता र प्रवेश पत्रमा फोटो परिवर्तन गरी परीक्षा दिएको आयोगको ठहर छ ।

    यसै गरी उत्तर पुस्तिकामा आफ्नो विवरण लेखि हाजिरीसमेत गरी प्रश्न पत्र पाउनु अगावै परीक्षा केन्द्रबाट भागी गएका एक जनाको भने लिखित परीक्षा मात्रै रद्द गरिएको छ ।

    नक्कली परीक्षार्थी बनी परीक्षा दिने बझाङका दीपेन्द्रबहादुर कठायत, केशव द्वाल, कृष्ण खड्का, परशुराम कठायत, हेमन्त कडायत, सुवासबहादुर कठायत, विनोद कठायत, विन्दास ऐडी, सन्तोषकुमार साउद, रमेशकुमार चदांरा, अशोक ओखेडा, अनिल धमेना, सुन्दर चलाउने, रमेश कुँवर, विकास चलाउने, पूर्णप्रसाद जोशी छन्।

    यस्तै कैलालीका महेश चौधरी, सागरसिंह बगाल, धमेन गाउँपालिकाका दिपबहादुर ऐडी, अछामका रेवन्त खड्का र दार्चुलाका रोशन विष्टका नाममा नक्कली परीक्षार्थीले परीक्षा दिएको भेटिएको हो।

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १३:०२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij