Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नयाँ वर्षको शुभकामना सन्देशमा शेखरको चेतावनी: दोबाटोमा छौँ, सामान्य त्रुटिले देश ठूलो जोखिममा पर्छ

नयाँ वर्षको शुभकामना सन्देशमा शेखरको चेतावनी: दोबाटोमा छौँ, सामान्य त्रुटिले देश ठूलो जोखिममा पर्छ


  • 1.7K
    Shares

    नयाँ वर्षको शुभकामना सन्देशमा शेखरको चेतावनी: दोबाटोमा छौँ, सामान्य त्रुटिले देश ठूलो जोखिममा पर्छ

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ नेपाली कांग्रेसको महाधिवेशनको वर्ष भएको बताएका छन्।

    २०८२ साल सुरु भएको उपलक्ष्यमा सोमबार बिहान शुभकामना वक्तव्य जारी गर्दै कोइरालाले महाधिवेशनलाई टार्ने काम भए त्यो आत्मघाती हुने चेतावनीसमेत दिएका छन्। 

    `यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो, उनले भनेका छन्, ‘कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ। यसतर्फ कांग्रेसका साथीहरूलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु।’ कांग्रेस नेता कोइरालाले एकपटक आफू र आफ्नो दलभन्दा ‘देश र जनता’ माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेसमेत उल्लेख गरेका छन्।

    ‘नेपालीहरूले मात्र मनाउने यो नयाँ वर्षलाई एउटा क्यालेन्डर हटाएर अर्को नयाँ क्यालेन्डर झुन्डाउने कार्यमा मात्र हामी सीमित राख्न सक्दैनौँ’, नेता कोइरालाले शुभकामना सन्देशमा भनेका छन्, `हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ, जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ।’

    अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध-२’ ले एकपटक फेरि हामीलाई पाँच दशकअगाडि बीपी कोइरालाले प्रतिपादन गरेको “राष्ट्रिय मेलमिलाप”को स्मरण गराएको उनले उल्लेख गरेका छन्।

    ‘नेपाली जनतामाझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्धक हो भनी चिनिन्छ, कोइरालाले भनेका छन्, ‘तसर्थ वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्धाहरुमा कांग्रेसले आफ्‌नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन।’

    उनले पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को अभियान नचलाई बस्ने हो भने बीपीले भनेझैँ कांग्रेस पार्टी ‘सुकिलामुकिला र पैसावालाको कब्जामा’ जाने खतरा रहेको बताएका छन्।

    ‘र, म त्यो देख्दै छु। नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो छ। कुशासन, भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर चुँडिँदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन’, कोइरालाले भनेका छन्।

    images
    प्रकाशित मिति :बैशाख १ २०८२ सोमवार - ०६:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij