Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् सबै मुद्राको सूची

आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् सबै मुद्राको सूची


  • 1.3K
    Shares

    आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् सबै मुद्राको सूची

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलरको मूल्य स्थिर छ। पाउन्ड, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य आज घटेको छ। 

    त्यसैगरि आज अस्ट्रेलियन डलर, युरोसहितका मुद्राको विनियमदर भने बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा थियो। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७१ र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९७ पैसा छ। हिजो  बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा थियो।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-04-14_045822_Vc7lOCHdTD.png

    प्रकाशित मिति :बैशाख १ २०८२ सोमवार - ०६:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij