Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटियो

ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटियो


  • 2.2K
    Shares

    • images
    ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटियो

    काठमाडौं । ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ ।

    उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् । उनी यही चैत ११ गतेदेखि हराएको बुझाइएको उनले बताए ।

    एक व्यक्ति डेरा सरेर उक्त घरमा गएका थिए । पानीट्यांकी फोहर भएको किरा समेत बाहिर आएको देखेपछि सफा गर्न भनेर छिर्दा शव फेला परेको एसएसपी अधिकारी बताउँछन् ।

    बिहीबार शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । पोस्टमार्टम गरेर शवको सनाखत समेत भइसकेको प्रहरीले बताएको छ ।

    मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०–२५ दिनअघि मात्रै उनीहरु त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानीट्यांकीमा शव भेटिएको हो ।

    बालिकाको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएका छन् ।

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - १७:२५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij