२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ। कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको हो।
कुवेतका रविजा सन्दारुवानले सर्वाधिक ६३ बनाए। नेपालका नन्दन यादव, सोमपाल कामीले २÷२ विकेट लिए। त्यस्तै करण केसी र कुशल भुर्तेलले १र१ विकेट लिए।
कुवेतले पावर प्लेम १ विकेटको क्षतिमा नेपालविरुद्ध ७१ रन जोडेको भए पनि पछिल्लो आभोरमा नेपालले राम्रो कमब्याक गर्दै १७४ रनमा रोक्न सफल भएको हो। यसअघि नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य चेज गरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij