Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

प्रहरी परिचालन गरी २८ दिनपछि थालियो नागढुंगा सुरुङ मार्गमा निर्माण

प्रहरी परिचालन गरी २८ दिनपछि थालियो नागढुंगा सुरुङ मार्गमा निर्माण


  • 1.4K
    Shares

    प्रहरी परिचालन गरी २८ दिनपछि थालियो नागढुंगा सुरुङ मार्गमा निर्माण

    काठमाडौं । २८ दिन पछि नागढुंगा सुरुङमार्ग निर्माण थालिएको छ । स्थानीयहरूको अवरोध नहटेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको आयोजनाले जनाएको छ ।

    आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले स्थानीयहरू सहमतिमा आउन नमानेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको बताए ।

    ‘उहाँहरूको माग पुरा गर्ने भन्दा पनि सहमतिमा आउन मान्नुभएको थिएन,’ उनले भने, ‘सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरी काम अघि बढाइएको छ ।

    करिब १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि निर्माण कार्य सुरु गरेका छौँ ।’ गत चैत ३ गते चन्द्रागिरि नगरपालिका २ का स्थानीयहरूले निर्माणमा अवरोध गरेका थिए ।

    चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गर्ने गरेका थिए ।

     

    images
    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - ११:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij