२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । शनिबार काठमाडौंको बाइसधारामा विशेष मेला लागेको छ। ऐतिहासिक महत्त्व बोकेको काठमाडौंको बालाजुस्थित बाइसधारामा प्रत्येक वर्ष चैत शूक्ल पूर्णिमाका दिन विशेष मेला लाग्छ। शनिबार बाइसधारामा मेला भर्न आउनेको घुइँचो लागेको छ।
प्रत्येक वर्ष चैत शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij