Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एसईई नगर्ने सहमति, आधारभूत तहको स्थानीयले, माध्यमिक तहको बोर्डले परीक्षा लिने

एसईई नगर्ने सहमति, आधारभूत तहको स्थानीयले, माध्यमिक तहको बोर्डले परीक्षा लिने


  • 2.1K
    Shares

    एसईई नगर्ने सहमति, आधारभूत तहको स्थानीयले, माध्यमिक तहको बोर्डले परीक्षा लिने
     

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो ।

    ‘आधारभूत र माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ । एसईई नगर्ने पनि सहमति भएको छ’, शिक्षा समिति स्रोतले भन्यो । विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को परीक्षा स्कुलस्तरमै गर्न सहमति जुटेको हो ।

    विधेयकमाथि कतिपय सांसदले एसईई प्रदेशमा हस्तान्तरण गर्न संशोधन हालेका थिए । प्रदेशलाई दिने विषयमा पनि उपसमितिमा छलफल भएको थियो । तर, एसईई नराख्न उपसमितिमा सहमति जुटेको हो । त्यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति जुटेको छ । उपसमिति सदस्यका अनुसार ईसीडीलाई २ वर्षको बनाउने पनि सहमति जुटेको छ । तर, उपसमितिमा सहमति भएका विषय सार्वजनिक गरिएको छैन । सबै विषयमा टुंगो लगाएर फुल समितिमा पेस गर्ने उपसमितिको तयारी छ ।

    विधेयकमाथि उपसमितिमा लगातार छलफल भइरहेको छ । प्रदेश प्रदेशबाट आएको सुझाव, सांसदको संशोधन,विज्ञका सुझाव सबैलाई एकीकृत गरेर दफावार छलफल भइरहेको उपसमितिले जनाएको छ । आज शनिबार पनि उपसमितिको बैठक बस्दै छ । शिक्षकहरूले ऐन जारी गर्न माग गरेपछि उपसमितिले द्रुत गतिमा छलफल गरिरहेको हो । उपसमिति सदस्यका अनुसार शिक्षकका विषयमा छलफल गर्न बाँकी छ ।

    ‘सरकार र शिक्षकबीच वार्ता जारी छ । पोहोर भएका सहमति पनि छन् । फेरि केही नयाँ कुरा थप घट होला भनेर सरकार र शिक्षकको सहमति कुरिरहेका छौं’, उपसमितिका एक सदस्यले भने । सरकार र शिक्षक महासंघबीच वार्ता भए पनि सहमति जुटेको छैन । गत २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८१ शनिवार - १२:१६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij