Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज काठमाडौँ र ललिपुरका यी स्थानमा ५ घण्टासम्म बिजुली काटिने

आज काठमाडौँ र ललिपुरका यी स्थानमा ५ घण्टासम्म बिजुली काटिने


  • 2.4K
    Shares

    • images
    आज  काठमाडौँ र ललिपुरका यी स्थानमा ५ घण्टासम्म बिजुली काटिने

    काठमाडौँ । काठमाडौँ र ललिपुरका विभिन्न स्थानमा आज (शनिबार) १ देखि ५ घण्टासम्म बिजुली काटिने भएको छ।

    नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज काठमाडौँस्थित बलम्बु  सहायक वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा बिजुलीको पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् बन्द गरिने छ।

    ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउन उक्त अवधिभर फिडर सट डाउनमा राखिएको प्राधिकरणले जनाएको छ। त्यस्तै ललितपुरकै लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसाँगु, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ देखि साढे ३ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

    लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारीपाटी, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् बन्द हुने प्राधिकरणले जनाएको छ। यसैगरी लगनखेल वितरण केन्द्रकै रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर, एभीएम चोक, कुसुन्ती, कान्तिपुर कोलोनी, नखिपोट, शिवचोक, चुम्लुङ भवनलगायत क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।

    तर काम तोकिएको समयअगावै सकिए यसभन्दा अघि नै विद्युत् सञ्चालन गरिने जानकारी पनि प्राधिकरणले गराएको छ।

    हेर्नुहोस् विद्युत् अवरुद्ध हुने तालिका:

    bidut_0iOgsA2NiA.png

    प्रकाशित मिति :चैत्र ३० २०८१ शनिवार - ०९:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij