Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आयोगको प्रतिवेदन

चिकित्साशिक्षा, इन्जिनियर र पाइलट पढ्न कोटा प्रणाली खारेज गर्न खनाल आयोगको सुझाव

चिकित्साशिक्षा, इन्जिनियर र पाइलट पढ्न कोटा प्रणाली खारेज गर्न खनाल आयोगको सुझाव


  • 1.4K
    Shares

    • images
    चिकित्साशिक्षा, इन्जिनियर र पाइलट पढ्न कोटा प्रणाली खारेज गर्न खनाल आयोगको सुझाव

    काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगले चिकित्साशिक्षा, इन्जिनियर र पाइलट पढ्न कोटा प्रणाली खारेज गर्नुपर्ने सुझाव दिएको छ।

    शिक्षा क्षेत्रमा १४ बुँदे सुझाव प्रस्तुत गर्दै आयोगले विशिष्टीकृत सेवामा कोटा प्रणाली लागू गर्दा उत्पादन ऋणात्मक बनेको प्रतिवेदनमा उल्लेख गरेको छ।

    आज सार्वजनिक भएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले नेपालमा शैक्षिक स्थितिको असमान वितरण भएको भन्दै १० जिल्लामा छुट्टै कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिएको छ।

    रौतहट, महोत्तरी, सर्लाही, हुम्ला, बारा, सिराहा, धनुषा, डोल्पा, सप्तरी, सिन्धुपाल्चोक जिल्लाका विद्यालयमा विशेष कार्यक्रम सञ्चालन गरी साक्षरतादर र शैक्षिकस्तर सुधार गर्न सुझाव दिएको हो।

    सामूदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको भन्दै प्रतिवेदनले ६० प्रतिशत सामूदायिक विद्यालयमा १ सय भन्दा कम विद्यार्थी संख्या रहेको देखाएको छ। २.५७ सामुदायिक विद्यालयमा मात्र १ हजार भन्दा बढी विद्यार्थी छन्। 

    अंग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी निकै कमजोर रहेको पाइएको भन्दै प्रतिवेदनले ति विषयमा बीएस नगरेका शिक्षकहरू आउन पाउनु पर्ने व्यवस्था राख्नु पर्ने सुझाव दिएको छ।

    प्रतिवेदनले विश्वविद्यालयहरूमा विद्यार्थी संख्या कम भएको देखाएको छ। विश्वविद्यालयको संख्या १३ पुगेपनि ८० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ।

    न्यून विद्यार्थी हुने विश्वविद्यालयलाई उत्पादन दक्षता बढाउन र प्रति एकाइ लागत घटाउन लगाउनु पर्ने सुझाव दिइएको छ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १५:४८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij