२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नयाँ वर्ष नजिकिएको छ । आउँदो सोमबारदेखि विक्रम संवत् २०८२ सुरु हुँदैछ । वैशाख १ गतेको मौसम कस्तो हुने सम्भावना छ त ?
त्यस दिन ठूलो प्रभाव पर्ने किसिमको वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, प्रिमनसुनमा हल्का वर्षाको सम्भावना नकार्न सकिन्न ।
“तत्कालको अवस्थाबाट हेर्दा सोमबार ९वैशाख १० वेदर (मौसम) ठूलो डिस्टर्ब हुने सम्भावना छैन,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले खबरसेन्टरलाई भनिन् ।
स्थानीय वायुका कारण अपराह्नमा हल्का वर्षाको सम्भावना भने रहन्छ । नयाँ वर्ष (सोमबार)को दिन केही भूभागमा सामान्य पानी पर्न सक्ने उनले बताइन् । “पहाडी क्षेत्रमा कतैकतै क्षणिक वर्षा हुनसक्छ,” उनले भनिन्, “ठूलो असर गर्ने खालको सम्भावना छैन । तर, यो हरेक दिन अपडेट हुन्छ ।”
पानी पार्ने यही संयुक्त प्रणालीको प्रभावले बदली, वर्षा, असिना, चट्याङ र हिमपात भएको हो । त्यसको प्रभाव बुधबार ९चैत २७० राति र बिहीबार ९चैत २८० धेरै देखियो ।
“यो प्रणालीको प्रभाव अझै छ । यो पूर्ण रूपमा हट्ने भन्ने हुँदैन, कमजोर हुँदै जाने हुन्छ,” मौसमविद् कँडेलले भनिन्, “हिजोअस्तिको तुलनामा अब यसको प्रभाव कम पर्ने देखिन्छ । बदली र वर्षाको प्रभाव घट्दै जान्छ ।”
विज्ञ उप्रेतीले पानी पार्ने अर्को प्रणाली वैशाख २ गते नेपाल भित्रने सम्भावना रहेको बताए । त्यो पश्चिमी वायुकै प्रणाली हुने उनले स्पष्ट पारे । “वैशाख २ गते भित्रिएर ४ गतेसम्म त्यसको प्रभाव रहने देखिन्छ,” उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij