२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म चाँंगुनारायण नगरपालिका–८ कलमसीमा हुने शिव पुराण महायज्ञको तयारी तीब्र रुपमा अघि बढेको छ ।
चाँंगुनारायण नगरपालिका–८ का वडाअध्यक्ष एवं महायज्ञका संयोजक जनक खत्रीले १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले गर्न लागेको महायज्ञको तयारी तीब्र भएको र निरन्तर रुपमा सरोकारवालाहरुसँग सम्पर्क भइरहेको बताए । कलमसी कालिका कल्पेश्वर धामको नामले चिनिएको यस क्षेत्रमा निर्माणाधीन १०८ फिट अग्लो बसेको महादेवको मुर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्ड निर्माण भइसकेको र बसेको महादेवको कम्मरसम्मको भाग निर्माण भएपनि त्यस माथिको भाग निर्माण अपूरो रहेकाले त्यसलाई सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागेको बताउँदै त्यसका लागि आवश्यक सहयोग समेत जुटिरहेको उनको भनाइ छ ।
काभ्रेको नाला, बनेपा धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने यस क्षेत्र चाँगुनारायण–८ र ९ को सिमाना एवं काभ्रको बनेपा नगरपालिका–१ को संगमस्थलको रुपमा रहेको छ । जिल्लाको उत्तर पूर्वीस्थानमा रहेको यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागेको बताउँदै वडाध्यक्ष खत्रीले निर्माणाधीन १०८ फिट बसेको शिव मुर्तिलाई १००८ शिवलिङ्गले घेर्ने योजना समेत रहेको जानकारी दिए ।
उनका अनुसार महायज्ञमा संकलन भएको एक रुपैंया पनि मुर्ति निर्माणमा मात्र खर्च गरिने जानकारी दिएका छन् । महायज्ञ संचालनमा लाग्ने खर्च स्थानीय स्तरबाट जुटाउने र महायज्ञमा मुर्ति निर्माणका लागि भएको दानबाट भने महायज्ञमा एक पैसा पनि खर्च नगर्ने केवल उक्त संकलित दानबाट १०८ फिट अग्लो मुर्ति तथा मुर्तिको चारै तर्फ निर्माण हुने १००८९एक हजार आठ० शिवलिंगमा खर्च हुने समेत जानकारी दिनुभयो ।
नेपालको नै सबै भन्दा ठुलो बसेको शिव मुर्ति निर्माणमा सबैको साथ एवं सहयोगको अपेक्षा राखिएको समेत उहाँले बताउनुभयो ।
सबैको साथ र सहयोग भएका खण्डमा हाम्रो धर्म रक्षा तथा सनतन धर्म रक्षामा सहयोग हुने समेत उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij