Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मुखै मिठाउने ऐंसेलु

मुखै मिठाउने ऐंसेलु


  • 1.5K
    Shares

    मुखै मिठाउने ऐंसेलु
    images

    काठमाडौं ।  कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐँसेलु बेच्ने स्थानीयहरूको बाक्लै भीड लाग्नेगर्छ । पाखा, डाँडा र खर्कमा फल्ने ऐँसेलु अहिले सो क्षेत्रका स्थानीयको आम्दानीको स्रोत बनेको छ । 

    पोखरा बागलुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐँसेलु किन्ने गर्दछन् । प्रतिसोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐँसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐँसेलु व्यापारी रशिका विश्वकर्माले बताइन् । बिहानै अधेरीखोला तिर जानु पर्छ, टिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्ने उनले बताइन् । 

    त्यस्तै ऐँसेलु बेचेरै प्रतिदिन २ हजार सम्म कमाई हुने स्थानीय अस्मी विश्वकर्माले बताइन्, तर ऐँसेलु वर्षको चैत्र-वैंशाख-जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेतिकिसनी नै गर्ने गरेको उनले सुनाइन् । 

    गाउँमा धेरै मात्रामा ऐँसेलु फल्ने भएपनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए । पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐँसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि हाम्रोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेको छ ।

    ऐँसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ । जस्तो, भारत, पाकिस्तान, चीन । यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ । कतिपय भेगमा चाहिँ यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ ।

    ऐँसेलु स्वादिलो र रसिलो फल मात्र होइन । यसमा भिटामिन(सि, फिनोल, फ्लेवोनोइड जस्ता सूक्ष्म पोषक तत्त्व हुन्छ । ऐसेलुको जरामा औषधीय गुण हुन्छ । ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्यास्ट्रिक हुँदा ऐँसेलुको जरा सेवन गर्नु फाइदाजनक हुन्छ । 

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १३:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij