२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आर्थिक सुधार सुझाव आयोगले भन्सारबाट हुने चोरी पैठारी रोक्न सुझाव दिएको छ। भारत र नेपालबिच निर्धारण भएको करमाथि अवलोकन गर्न पनि आयोगको सुझाव रहेको छ।
भारतसँगको खुला सिमानाले गर्दा दुई देशबिच सजिलै चोरी पैठारी हुने गरेको छ । भारतको भन्सार शुल्कमा हुने परिवर्तनलाई मध्यनजरमा राखेर नेपालको भन्सार शुल्क समय अनुकूल परिवर्तन गर्न आयोगले सुझाव दिएको छ । कर निर्धारणको नाममा अधिकृतहरूसँग डिल नमिलेपछि अन्धाधुन्ध कर निर्धारण गरिदिएर व्यवसाय नै चौपट बनाउने कार्य भइरहेको र कानुनी दायरामा ल्याउन कर अधिकृतलाई थप जिम्मेवारी सगैँ आयोगले सुझाव दिएको छ।
भारत तथा अन्य मुलुकबाट हुने आयातमा लगाइने भन्सार दर निर्धारण गर्नु पर्ने आयोगको सुझाव छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij