Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो विमानस्थल , काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईंलाई हतकडी लगाएर लगियो विमानस्थल , काठमाडौं ल्याइँदै


  • 799
    Shares

    • images
    दुर्गा प्रसाईंलाई  हतकडी लगाएर लगियो विमानस्थल , काठमाडौं ल्याइँदै

    काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन उनलाई प्रहरीले हतकडी लगाएर विमान चढाइएको छ ।

    झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो । काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले बतायो । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।

    प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

    १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटनापछि प्रसाईं भागेर भारत पुगेका थिए । उनी यसअघि हतियारसहित सर्वोच्च अदालत परिसर छिर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ११:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij