Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटना

दुर्गा प्रसाईंलाई औपचारिक रूपमा पक्राउ, फ्लाइटमा काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईंलाई औपचारिक रूपमा पक्राउ, फ्लाइटमा काठमाडौं ल्याइँदै


  • 1.4K
    Shares

    • images
    दुर्गा प्रसाईंलाई औपचारिक रूपमा पक्राउ, फ्लाइटमा काठमाडौं ल्याइँदै

    काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ ।  प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।

    उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

    प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याउन लागिएको हो ।

    प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

    प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए ।

    प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ०९:५७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij