Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल प्रहरीले भन्याे : दुर्गा प्रसाईं पक्राउ परेको छैन, खोजी हुँदैछ

नेपाल प्रहरीले भन्याे : दुर्गा प्रसाईं पक्राउ परेको छैन, खोजी हुँदैछ


  • 1.9K
    Shares

    • images
    नेपाल प्रहरीले भन्याे : दुर्गा प्रसाईं पक्राउ परेको छैन, खोजी हुँदैछ

    काठमाडौं । नेपाल प्रहरीले तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको बताएको छ ।

    बिहीबार अबेर राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ती जारी गर्दै ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकषर्ण भएको जनाएका हुन् ।

    विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ’ विज्ञप्तीमा उल्लेख छ ।

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ०६:३४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij