Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

नेपाल बार चुनाव : अध्यक्षमा मिश्र, महासचिवमा कोइराला, प्यानल नै निर्वाचित

नेपाल बार चुनाव : अध्यक्षमा मिश्र, महासचिवमा कोइराला, प्यानल नै निर्वाचित


  • 1.1K
    Shares

    • images
    नेपाल बार चुनाव : अध्यक्षमा मिश्र, महासचिवमा कोइराला, प्यानल नै निर्वाचित

    काठमाडौं । नेपाल बार एसोसिएसनको मतगणना सकिएको छ । यद्यपि, ललितपुरको ‘ट्याली’ गर्ने क्रम जारी छ । 

    अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै बार एसोसिएसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको प्यानलबाट २५ मा २५ निर्वाचित भएका छन् । 

    कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमालेनिकट प्रगतिशील व्यवसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपानिकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् ।

    केही समयमा अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुने निर्वाचन अधिकृत तेजनाथ धमलाले जानकारी दिए ।
     

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १२:०९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij