Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

टी-२० आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

टी-२० आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान


  • 1.1K
    Shares

    टी-२० आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन् ।

    उनले करियरमा सबैभन्दा धेरै इनिङ शुन्यमा आउट नभइकन अर्थात् बिना डक धेरै इनिङ्स खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म डक आउट भएका छैनन् । उनले ७६ खेल खेल्दा ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गर्नुपरेन ।

    बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितमा फिनिसङ टच दिएका थिए ।उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ इनिङमा डकआउट नभइ खेलेर कीर्तिमान बनाएका छन् ।

    दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् जुन् तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ । त्यस्तै एकै ओभरको ६ बलमा ६ छक्का हान्ने कम खेलाडीमध्येका एक उनी पनि हुन् ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ११:००:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij