Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते


  • 1.5K
    Shares

    • images
    डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

    डोटी। डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो ।

    यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी, ८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् ।

    घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताए ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०६:५७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij