Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

क्रेस्ट माइक्रो लाइफको साधारण शेयर नेप्सेमा सूचीकरण

क्रेस्ट माइक्रो लाइफको साधारण शेयर नेप्सेमा सूचीकरण


  • 1.1K
    Shares

    क्रेस्ट माइक्रो लाइफको साधारण शेयर नेप्सेमा सूचीकरण

    काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको ७५,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । 

    कम्पनीले सर्वसाधारण समक्ष एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) वितरण गरिएको २२,५०,००० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२,५०,००० कित्ता शेयर समेत गरी जम्मा ७५,००,००० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको  छ ।

    धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनवाट  शेयर कारोबार शुरु हुनेछ ।  कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुने छ ।

     

     

     

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १५:३६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij