Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मौसम

काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षा, वायु प्रदूषणबाट राहत मिल्ने आशा

काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षा, वायु प्रदूषणबाट राहत मिल्ने आशा


  • 1.2K
    Shares

    काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षा,  वायु प्रदूषणबाट राहत मिल्ने आशा

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा लामो समयपछि पानी परेको छ । वायु प्रदूषणको मार खेपिरहेका बेलाको यो वर्षात्ले राहत मिल्ने आशा गरिएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको छ ।

    पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार विहीबार पनि काठमाडौं उपत्यकामा वर्षात् हुने अनुमान छ ।

    ‘पानी ठाउँठाउँमा जमिन भिजाउने गरी परेको छ । अब वायु प्रदूषण पनि केही न्यूनीकरण होला नै आशा गरौं’, झाले खबरसेन्टरसँग भने ।

    images
    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १४:१३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij