Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन

८ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकले गरे आज हात उठाएर प्रदर्शन

८ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकले गरे आज हात उठाएर प्रदर्शन


  • 1.5K
    Shares

    • images
    ८ दिनदेखि सडकमा आन्दोलनरत शिक्षकले गरे आज हात उठाएर  प्रदर्शन

    काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

    बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

    ‘शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर प्रदर्शन गरेका हौँ,’ आन्दोलनमा सहभागी हेटौंडाबाट आएका शिक्षक पूर्ण ब्लोनले भने, ‘ एक साता हुँदा पनि हाम्रा मागहरू सम्बोधन भएको छैन। त्यसकारण आज हात उठाएर दबाब दिन खोजेका हौं।’

    मंगलबार(हिजो) दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १४:०२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij