Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चैत्र ३१, २०८२ वैशाख २ र ३ गते पनि सार्वजनिक बिदा

चैत्र ३१, २०८२ वैशाख २ र ३ गते पनि सार्वजनिक बिदा


  • 32.8K
    Shares

    • images
    चैत्र ३१, २०८२ वैशाख २ र ३ गते पनि सार्वजनिक बिदा

    भक्तपुर । बिस्काः जात्राको अवसरमा मध्यपुर थिमि नगरपालिकामा तीनदिन सार्वजनिक बिदा दिने भएको छ । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा ,जिब्रो छेड्ने जात्रा र सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाउन ३ दिन स्थानीय बिदा दिने भएको हो । 

    नगरपालिकाले २०८१ साल चैत्र ३१ गते र २०८२ साल वैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय बिदा दिने गर्ने निर्णय गरेको हो । 

    नगरपालिकाका प्रबक्ता कृष्णहरी आचार्यले एक सूचना जारी गरी  यो जानकारी दिएका छन् । आचार्यका अनुसार, २०८१ साल चैत्र २१  गते नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको ३५ औं बैठकले बिदा दिने निर्णय गरेको हो । 

    बैठकले नगरपालिकामा भव्य र सभ्य रुपमा मनाइने बिस्काः जात्रा र जिब्रो छेड्ने जात्रा शान्तिपूर्ण हर्षोउल्लासका साथ मनाउन सुरक्षा लगायत आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत गरेको सूचनामा जनाइएको छ ।

    Mathinapa-Bida-ph.jpg

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १३:२०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij