Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन

शिक्षक आन्दोलन : आज दिउँसै टर्च बालेर प्रदर्शन

शिक्षक आन्दोलन : आज दिउँसै टर्च बालेर प्रदर्शन


  • 1.1K
    Shares

    • images
    शिक्षक आन्दोलन : आज दिउँसै टर्च बालेर प्रदर्शन

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

    काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । 

    मंगलबार माइतीघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

    महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए । 

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १३:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij