Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सवारी दुर्घटना : २४ भन्दा बढी घाइते

सवारी दुर्घटना : २४ भन्दा बढी घाइते


  • 4.9K
    Shares

    • images
    सवारी दुर्घटना : २४ भन्दा बढी घाइते
    images

    कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक सवारी दुर्घटना हुँदा २४ भन्दा बढी घाइते भएका छन् ।

    बुटवलबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलबार विहान १०ः३० बजे ठोक्किएको थियो ।

    घटना दुबै सवारी साधनका सवारी चालकको गम्भिर रहेको बताइएको छ । स्थानीय रुटमा चल्ने बस भएको कारणले दुर्घटना घाईते हुने बढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताए ।

    बसको क्याबिनमा बसेका र दुबै चालकको सहित ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो ।

    केही घाइतेको हात खुट्टा भाचिएको र ४ जना सामान्य चोट लागेको बताईएको छ । सामान्य चोट रहेकालाई स्थानीइ बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवल तर्फ लगिएको बताईएको छ । इलाका प्रहरी कार्यालय गोरुसिंगे, सशस्त्र प्रहरी , ट्राफिक प्रहरीले घाइतेको उद्धार गरी एम्वुलेन्स, निजि जिप तथा कारको प्रयोग गरी उपचारका लागि पठाइएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १५:२३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij