Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पालिकालाई गलपासो : सरकारी तलब भत्ता खानेले बालबच्चा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय

पालिकालाई गलपासो : सरकारी तलब भत्ता खानेले बालबच्चा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय


  • 1.4K
    Shares

    • images
    पालिकालाई गलपासो : सरकारी तलब भत्ता खानेले बालबच्चा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय

    सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबच्चा अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने निर्णयमा प्रायः पालिका लाचार देखिएको छ । राजनीतिक शक्तिको आडमा सरुवा मिलाएका शिक्षक शिक्षिकाहरु धेरैजसो आफुले अध्यापन गरेको विद्यालयमा बालबच्चा पढाउदैनन् ।

    देशभरका धेरै पालिकाहरुले यस्तो निर्णय गरेपनि कार्यन्वयन भने फित्तलो बनेको छ । जनप्रतिनिधिहरु आफु स्थानिय पालिकामा बसेपनि बालबच्चा शहरका निजी विद्यालयमा पढाउने गरेको र बारम्बार ताकेता गर्दापनि निर्णय कार्यान्वयन गर्न नसकिएको पालिका प्रमुखहरुनै गुनासो पोख्छन् ।

    यस्तै सामुदायिक विद्यालयको गुणस्तर सुधारका काम थालेको मोलुङ गाउँपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट भएको उक्त निर्णय कार्यन्वयन गर्न पालिकाले सूचना जारी गरेको छ । 

    अभिभावक र सबै पालिकाबासीलाई जानकारी गराउन सूचना जारी गरिएको प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए । ‘शैक्षिक वर्ष २०८२ बाट उक्त निर्णय कार्यन्वयन हुने र विद्यार्थी भर्ना अभियान शुरु हुनुपूर्व नै यो निर्णय भएकाले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ’, गौतमले भने । 

    जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीहरूको ध्यान सामुदायिक विद्यालयमा नगएका कारण गुणस्तर घटिरहेको गुनासो आएको समयमा पालिकाले यस्तो निर्णय गरेको हो । 

    यो निर्णयले जनप्रतिनिधि र सरकारी सेवाका कर्मचारीहरूको सामुदायिक विद्यालयमा अपनत्व बढाउने हुँदा शैक्षिक सुधारमा प्रभाव पर्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । मोलुङ गाउँपालिका सरकारी सेवाका कर्मचारी र जनप्रतिनिधिहरूका बालबच्चा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गर्ने जिल्लाको पहिलो पालिका हो । 

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ०८:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij