Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज काठमाडौंका कुन कुन स्थानमा हुँदैछ सवारी आवागमन प्रभावित ? (सूचीसहित)

आज काठमाडौंका कुन कुन स्थानमा हुँदैछ सवारी आवागमन प्रभावित ? (सूचीसहित)


  • 2.4K
    Shares

    • images
    आज काठमाडौंका कुन कुन स्थानमा हुँदैछ सवारी आवागमन प्रभावित ? (सूचीसहित)

    राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाले राजधानीका विभिन्न सडक खण्डमा सवारी आवागमन प्रभावित हुनसक्ने भएको छ ।

    ट्राफिक प्रहरीले यसका लागि विभिन्न स्थानमा सवारी डाइभर्सनको व्यवस्था मिलाइने जनाएको छ ।

    ट्राफिक प्रहरीका अनुसार निम्न स्थानहरुमा डाइभर्सन गरिनेछ:

    मुख्य डाइभर्सन हुने स्थानहरू:

    खसिबजार – मकालु – कलंकी चोक – बाफल
    बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु
    किर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना

    आवश्यकताअनुसार थप डाइभर्सन गरिन सक्ने सम्भावित स्थानहरू:

    त्रिपुरेश्वर
    बालाजु
    हलचोक
    नैकाप
    सितापाईला
    चोभार
    फर्पिङ
    नख्खु दोबाटो
    कोटेश्वर

    पार्किङका लागि तोकिएका स्थानहरू:

    टियू गेटदेखि चोभार सडक खण्ड
    सानेपा करिडोर सडक (दुबै तर्फ)
    चोभार सुख्खा बन्दरगाह
    नयाँ बसपार्क
    सितापाईला–बाफल सडकको एक लेन

    यसका साथै, नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतिघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।

    सवारी चालकहरूलाई उक्त प्रभावित स्थानहरूमा जाममा नपर्नका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ०६:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij