Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सहकारी ठगी प्रकरण

जेल जाँदाजाँदै रवि लामिछानेले भनेका चार कुरा

जेल जाँदाजाँदै रवि लामिछानेले भनेका चार कुरा


  • 1.4K
    Shares

    • images
    जेल जाँदाजाँदै  रवि लामिछानेले भनेका चार कुरा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् । आज कारागार चलान हुनुअघि उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने जनाउ दिए ।

    रविले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुनेछन् ।’

    पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन उनले आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्, अभियानलाई जनताको बीचमा पुर्याउनुस्’, उनी भन्छन् । आफूमाथि राजनीतिक प्रतिशोध भएको रविको गुनासो छ ।

    ‘पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ’, उनले भने ।

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १५:५०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij