Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी आन्दोलन

जडीबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

जडीबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ


  • 2.3K
    Shares

    • images
    जडीबुटी उद्योगमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

    काठमाडौं । चैत १५ गतेको राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी चोकको ट्राफिक लाईट फुटाउने र जडिबुटीको प्रशोधन केन्द्रको भवनमा आगो लगाउने मुख्य व्यक्ति पक्राउ परेका छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले बताएअनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये अहिलेसम्म चारजना समातिएका हुन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुद्वारा तामाङलाई गिरफ्तार गरेको हो ।

    यसअघि प्रहरीले भाटभटेनीमा लुटपाट गर्नेदेखि तीनकुनेमा आगो लगाउने सम्मलाई पक्राउ गरिसकेको छ ।

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १५:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij