Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शिक्षक आन्दोलन

शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट वार्ता थाल्न कांग्रेसको आग्रह

शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट वार्ता थाल्न कांग्रेसको आग्रह


  • 1.4K
    Shares

    शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट वार्ता थाल्न कांग्रेसको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ ।

    कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनस्हि महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल गरिदिनु आग्रह गेको हो ।

    ‘‘नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।’

    शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको छ ।

    सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने माग महासंघको छ ।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १२:४४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij