Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

काठमाडौंको वायु प्रदूषणले हवाई उडान प्रभावित : विमानस्थलमा यात्रु अलपत्र

काठमाडौंको वायु प्रदूषणले हवाई उडान प्रभावित : विमानस्थलमा यात्रु अलपत्र


  • 1.7K
    Shares

    • images
    काठमाडौंको वायु प्रदूषणले हवाई उडान प्रभावित :  विमानस्थलमा यात्रु अलपत्र

    काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ।

    प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भइरहेको छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।

    पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले बताए । अन्य ठाउँमा भने उडान नियमित छ ।

    उनले भने, ‘खराब मौसम तथा भिजिबिलिटी कम भएका कारण ३ ठाउँमा जहाजले उडान भर्न सकेको छैन । भने, काठमाडौंलगायत अन्य ठाउँको उडानमा केही समस्या छैन ।’

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १२:०९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij