Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द

बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द


  • 1.7K
    Shares

    बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द
    images

    काठमाडौं । बिहेमा बेहुलाको जुत्ता लुकाउने परम्परालाई निकै रमाइलो मान्ने गरिन्छ । खासगरी बेहुलाको सालीले जुत्ता लुकाउने र त्यसबापत रकम माग्ने प्रचलन छ ।

    यही परम्पराका कारण एउटा बिहे रद्द भएको छ । शनिबार भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित नजीबावाद निवासी खुर्शीदकी छोरीको विवाह थियो । देहरादुनमा सैलुन सञ्चालन गर्दै आएका मोहम्मद साबिरसँग खुर्शीदकी छोरीको विवाह हुँदै थियो ।

    सोही क्रममा बेहुली पक्षले बेहुलाको जुत्ता लुकाइदिए । जुत्ता फिर्ता दिनका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरे । बेहुलाले ५ हजार रुपैयाँ दिने जनाए ।

    यही विषयमा बिस्तारै विवाद बढ्न थाल्यो । रमाइलो मानिने यो परम्परा आखिर तनावमा परिणत भयो । बेहुला पक्षका अनुसार बेहुली पक्षले बेहुला र जन्तीमाथि कुटपिट गरे ।

    बेहुली पक्षले भने बिहेमा बेहुला पक्षबाट कारको माग गरिएको आरोप लगाएको छ । विवाद बढेपछि प्रहरीलाई खबर गरियो । प्रहरी कार्यालयमा दुवै पक्ष पुगे । त्यसपछि दुवै पक्ष विवाह नै रद्द गर्ने निष्कर्षमा पुगे । यो निर्णयसँगै बेहुला र जन्ती बेहुलीविना नै फर्किएका छन् ।

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १०:४४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij