Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित

आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित


  • 1.0K
    Shares

    • images
    आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित

    काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा।अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् ।  सांसद डा।शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो ।

    अन्तरव्यवस्थापिका सङ्घको १५० औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहेकी छन्  । सभामुख घिमिरेले आइपीयुको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा।शाक्यको समर्थनका लागि आग्रह गरेकी थिइन् ।

    सांसद डा.शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । सांसद डा.शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तरराष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको बताइन् ।

    ‘सभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो’, उनले भनिन्, ‘मैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।’ उनले प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखालगायतलाई पनि धन्यवाद दिइन् । सांसद डा शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक रहेकी छन् ।

    उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।
     

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १५:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij