२०८२ भाद्र १ गते आइतवार
काठमाडौं। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुका लागि कोशी प्रदेशले तयारी गरिरहेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बताएका छन्। विराटनगरमा आइतबार विकास र शान्तिका लागि अन्र्तराष्ट्रिय खेलकुद दिवस कार्यक्रममा सदस्य सचिव बस्नेतले राष्ट्रिय खेलकुदका लागि विभिन्न ३५ वटा खेलमा सहभागिता जनाउने बताए।
केही दिनअघि राष्ट्रिय खेलकुद परिषद्बाट खेल र खेलाडीको विषयमा पत्र आएको जनाउँदै सदस्यसचिव बस्नेतले दशौंको लागि तयारीस्वरुप बोर्डले विभिन्न खेल आयोजना गरिरहेको बताए। उनले भने, ‘हामी विगतको भन्दा राम्रो तयारी गर्नेछौँ। यसपटक दशौंमा हाम्रा खेलाडीले उत्कृष्ट नतिजा दिनेमा विश्वस्त छौ। हामी हाम्रो वरियतालाई समेत माथि पुर् या उने गरी खेलाडीको तयारी गराउन ध्यान ।
सदस्य–सचिव बस्नेतले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्न बोर्डले काम गरिरहेको बताए। उनले भने, ‘हामीले निरन्तर रूपमा खेल गतिविधि गरिरहेका छौं। खेलकुद महोत्सवले अरू प्रदेशलाई पनि सकारात्मक सन्देश दिएको छ। हामीले राम्रै प्रतिक्रिया पाइरहेका छौं।’
त्यसैगरी, कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री पाँच कर्ण राईले प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धिभन्दा उत्कृष्ठता हासिल गर्नुपर्नेमा जोड दिए। बोर्ड अध्यक्ष समेत रहेका राईले हालै सम्पन्न भएको कोशी प्रदेश खेलकुद महोत्सवलाई राष्ट्रिय खेलकुदको तयारीको रुपमा लिन सकिने धारणा ब्यक्त गरे।
अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विराटनगरस्थित बोर्डको कार्यालय रहेको सहिद मैदानबाट खेलाडी, खेल पदाधिकारी, कर्मचारीसहित खेलकुदकर्मीको सहभागिता र्यालीको आयोजना गरिएको थियो। सहिद मैदानबाट सुरु भएको र्याली अस्पताल चोक, जलजला चोक, गोल्छा चोक हुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij