Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘ओलीको बोली फिर्ता ले’ भन्ने शिक्षकहरुलाई प्रधानमन्त्रीले यसो भने

‘ओलीको बोली फिर्ता ले’ भन्ने शिक्षकहरुलाई प्रधानमन्त्रीले यसो भने


  • 2.2K
    Shares

    • images
    ‘ओलीको बोली फिर्ता ले’ भन्ने शिक्षकहरुलाई प्रधानमन्त्रीले यसो भने

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ । थाइल्याण्ड भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उहाँले आन्दोलनकारीहरुको माग सम्बोधन हुने विश्वास दिलाउनुभएको छ । 

    आफू नेतृत्वको सरकारमाथि विश्वास गरेर शिक्षकहरु प्रदर्शनका लागि राजधानी आएको प्रधानमन्त्रीको भनाइ छ । भन्नुभयो ‘यो सरकारको विश्वास भएर नै उहाँहरु आउनुभएको छ । नत्र पहिले यस्तो प्रदर्शन गर्नुहुन्थ्यो । प्रदर्शन गरेपनि कानमा बतास लाग्दैन भन्ने हुन्थ्यो ।’

    राजधानीमा आन्दोलनरत शिक्षकहरुले आज पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन र नाराबाजी गरेका छन् । सो क्रममा उनीहरुले विभिन्न नारा लगाएका छन् । आज सडकमा ‘शिक्षक एकता जिन्दावाद’, ‘शिक्षक ऐन जारी गर’, ‘ओलीको बोली फिर्ता ले’ लगायत नारा लगाएका हुन् । यसअघि सरकारले पटक पटक वार्तामा बोलाए पनि उनीहरुले प्रधानमन्त्री तहमा मात्रै कुराकानी गर्ने भन्दै कार्यवाहक प्रधानमन्त्रीको अनुरोधलाई पन्छाइदिएका थिए ।

    प्रकाशित मिति :चैत्र २३ २०८१ शनिवार - १३:३२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij