२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आठबुँंदे मागसहित नागरिक विद्रोह २०८१ पोखराबाट थालिएको छ । सम्पूर्ण आर्थिक, सामाजिक, राजनैतिक वेथितिको विरुद्ध बृहत आन्दोलन भन्दै आन्दोलन थालिएको हो । नागरिक विद्रोह २०८१ को आह्वानमा विद्रोह थालिएको हो ।
आन्दोलनले किरात, बौद्ध र हिन्दु सहितको वैद्धिक सनातन हिन्दु अधिराज्य, राष्ट्र र राष्ट्रियताको अभिभावकत्वका निम्ति संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित शक्तिशाली प्रधानमन्त्री, स्थानीय तह दल विहिन हुनुपर्ने, सम्पूर्ण भ्रष्टचारका काण्डहरुको छानविन, गाजा अगरउड, रक्तचंदन, श्रीखण्ड लगायतका जडिबुटी तथा बनस्पतिको वैधानिकता तथा व्यावसायीक उत्पादन, वास्तविक किसानलाई किसान कार्ड तथा कृषिलाई आत्मनिर्भर बनाउन कृषि सेना र सम्पूर्ण वित्तिय समस्याहरुको समाधानको आठवुँंदे माग अगाडि सारेको छ ।
मंसिर २६ गते पोखराबाट सुरु भएको आन्दोलनको क्रममा अहिले केही समयपछि निर्णायक आन्दोलनको मिति घोषणा गर्ने तयारी भइरहेको जनसम्पर्क विभाग प्रमुख इन्जिनियर निरञ्जीवी भटराईले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij