२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ४० वर्षीय दुर्गा पुनको हत्याको आरोपमा एकयुवक पक्राउ परेको छ ।
कोहलपुर नगरपालिका–७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या भएको हो । प्रहरीले सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
राजु समेत ५–६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij