२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । अघिल्लो बुधबार काठमाडौंको टेकु अस्पतालस्थित कर्मचारी कोरोनाको भ्याक्सिन लगाउन आएका मानिसहरुले बोकेका ठूल्ठूला सुटकेससमेत देखेर अच्चमित भए । खोप लगाउन आउँदा त्यसरी बन्दोबस्तीकै सामग्री कोचेर आउँदा कर्मचारी छक्क पर्ने पनि ठिकै हो।
त्यस्ता सेवाग्राहीलाई कर्मचारीले आफ्नो परिचय पत्र देखाउन भने । ती मानिसहरुले परिचय पत्रको रुपमा भारतीय पासपोर्ट थमाए ।
टेकु अस्पतालका निर्देशक सागर राज भण्डारी भन्छन्, ‘यी मानिसहरु मार्फत हामीले कोरोना भ्यासिक यसरी पनि प्रयोग भइरहेको छ भनेर थाहा पायौं । यो एक किसिमले भ्याक्सिनको गलत प्रयोग गर्नुजस्तै हो ।’
भण्डारीका अनुसार उनीहरुलाई अस्पतालले भ्याक्सिन दिन नसक्ने बताउँदा उनीहरुले झगडा नै गरेका थिए । भण्डारी भन्छन्, ‘केही मानिसहरुले हामीलाई फरक–फरक किसिमले दबाब गरेका छन् ।’
नेपालस्थित चिनियाँ दूतावासले आफ्नो वेबसाइटमा चीनमा बनेको भ्याक्सिन लगाएका मानिसलाई मात्रै भिसा दिने सूचना राखेको छ ।
नेपालका अस्पतालमा कार्यरत कर्मचारीहरुका अनुसार चिनीयाँ कम्पनीहरुसँग कारोबार गर्ने व्यापारीहरुले भिसा पाउनको लागि चिनियाँ भ्याक्सिन लगाउन नेपाल आइरहेका छन् ।
भारतमै पनि अहिले कोभिसिल्ड र कोभ्याक्सिन उत्पादन भइरहेको छ । त्यस बाहेक भारतमा रुसमा बनेको भ्यान्सिन स्पुतनिक–बी लाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ । तर, पनि भारतमा सबै मानिसलाई भ्याक्सिन उपलब्ध भइसकेको छैन ।
काठमाडौंस्थित त्रिभुवन इन्टरनेशनल एयरपोर्टका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार केही दिनयता नेपाल आउने भारतीयहरुको संख्या बढिरहेको छ ।
उनले भने, ‘भारतीय मानिसलाई नेपालबाट अन्य देश जाने प्रावधान पनि छ । जसको लागि नो अब्जेक्सन लेटर हासिल गर्नुपर्छ । कैयौं भारतीय यात्रीहरुसँग यो पत्र पनि भएको पाइएको छ ।’
हाल नेपाल र भारतबीच एउटा विमानमार्फत हवाई सेवा सञ्चालन भइरहेको छ । अर्कातिर, नेपाल र चीनबीच पनि अहिले हवाई उडान सञ्चालनमै छ ।काठमाडौंस्थित भारतीय दूतावासका अनुसार पछिल्ला केही दिनमा नो अब्जेक्सन लेटर लिन आउनेको संख्यामा पनि बृद्धि भइरहेको छ । भारतीयले हजारौको संख्यामा चिनिया खोप लगाई सकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij